कृषि मन्त्रालयले विभिन्न सार्वजनिक निकायमा खुला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने, खोल्यो विज्ञापन

Advertisement

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न सार्वजनिक निकायहरुमा रिक्त रहेका पदहरुमा खुला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने भएको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेड, अध्यक्ष र प्रबन्ध सञ्चालक, राष्ट्रिय चिया तथा कफि विकास बोर्डको उपाध्यक्ष र कार्यकारी निर्देशक, कपास विकास समितिको अध्यक्ष, दुग्ध विकास संस्थानको अध्यक्ष, महाप्रबन्धक र कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।

बिहीबारदेखि २१ दिन भित्र योग्यता पुगेका व्यक्तिहरुले आवेदन दिन सक्नेछन् । अध्यक्ष र उपाध्यक्ष पदका लागि स्नातकोत्तर उत्तीर्ण गरेको तथा ३५ वर्ष पूरा नभएको हुनु पर्नेछ । त्यसैगरी प्रबन्ध सञ्चालक,कार्यकारी निर्देशक र महाप्रबन्धक पदको स्नातकोत्तर उत्तीर्ण गरी ३० वर्ष उमेर पूरा भई ६० वर्ष ननाघेको हुनु पर्नेछ ।

कार्यकारी निर्देशक, प्रबन्ध सञ्चालक र महाप्रवन्धक पदमा दरखास्त दिने व्यक्तिले त्यस्तो दरखास्त साथ आफू नियुक्त हुन चाहेको सार्वजनिक निकायको सुधार सहितको पाँच हजार शब्दमा नबढाई तयार गरिएको व्यवसायिक कार्याकोजना समेत शिलबन्दी गरी पेश गर्नु पर्ने मन्त्रालयद्वारा विहीबार प्रकाशित सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement