साग पुरुष क्रिकेटमा नेपालको विजय यात्रा जारी, माल्दिभ्स ८४ रनले पराजित

Advertisement

काठमाडौं । तेह्रौं साग खेलअन्तर्गत शुक्रबार भएको पुरुष क्रिकेटको खेल नेपालले जित्न सफल भएको छ । टस जितेर व्याटिङ रोजेको नेपालले माल्दिभ्सलाई ८४ रनले हराउँदै विजय यात्रा कायम गरेको हो ।

नेपालले दिएको १६४ रनको लक्ष्यमा माल्दिभ्सले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७९ रनमा समेटियो । नेपालका लागि करण केसीले नटआउट ४० रन, दिपेन्द्रसिंह ऐरीले ३९ रन, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले १९–१९ रन जोडे । त्यस्तै, नेपालका सुसन भारी र ललित राजवंशीले दुईदुई विकेट लिए भने पवन सरार्फले एक विकेट लिए ।

माल्दिभ्सका लागि मोहम्मद आजमले १७, इब्राहिम हसनले नटआउट १२ रन, मोहम्मद रिजवानले १३ र अलि इभानले १३ रन जोडे ।

Advertisement

Advertisement