दोलखाका सीडीओमाथि आयोगले थाल्यो अनुसन्धान, निलम्बन गर्न गृहलाई पत्राचार

Advertisement

काठमाडौँ । घुस लिएको घटना सार्वजनिक भएपछि केन्द्रमा तानिएका दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुस लिएको घटना सार्वजनिक भएपछि रिजाललाई गृहले केन्द्रमा तानेर सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार दोलखाका प्रजिअ उपसचिव रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेको अवस्थामा उनी पदमा बहाल रहिरहँदा आफू बिरुद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धानमा बाधा पुर्याउन सक्ने हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगल ऐन २०४८ को दफा १९ को उप दफा ३ बमोजिम निलम्बनका लागि पत्राचार गरिएको हो ।

रिलाललाई मेलुङ गाउँ पालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्दबहादुर तामाङसँग गत बुधबार २१ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ । यसबारेमा आयोगले अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले बताए ।

Advertisement

Advertisement

Advertisement