नेपाल सेवा लघुवित्तद्वारा २.६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा

Advertisement

काठमाडौँ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।

बिहीबार बसेको सञ्चालम समितिको बैठकले आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २.६ प्रतिशत बोनस शेयर वितरण गर्ने कम्पनी सचिव बसन्तबहादुर शाक्यले जनाएका छन् ।

उक्त वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनी सचिव शाक्यले बताए ।

Advertisement

Advertisement

Advertisement