धनुषामा बम विस्फोट, इनिस्पेक्टरसहित तीन जनाको मृत्यु, तीन जना घाइते

Advertisement

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ— ५ महेन्द्रनगर बजारमा गएराति बम विस्फोट हुँदा प्रहरी निरीक्षक (इनिस्पेक्टर)सहित ३ जनाको मृत्यु भएको छ । एक औषधि व्यवसायीको घरमा भएको बम विस्फोटमा घरधनी राजेश साह र उनका छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको भने घटनास्थलमा गम्भीर घाइते भएका इनिस्पेक्टर अमिर दाहालको उपचारका क्रममा मृत्यु भएको हो ।

घरमा शंकास्पद बस्तु भेटिएपछि राजेशको परिवारले प्रहरीलाई बोलाएको थियो । सोही आधारमा महेन्द्रनगरस्थित ईलाका प्रहरी चौकीबाट सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेको उनीहरुले शंकास्पद वस्तु हेर्न खोजेकै बेला एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । विस्फोटमा अन्य तीन प्रहरी पनि घाइते भएको र उनीहरुको धरानमा उपचार भइरहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement