सुनको मूल्य फेरी तोलाको पाँच सयले बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७० हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज पाँच सय रुपियाँले बढेर प्रतितोला ७१ हजार तीन सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार १३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ८७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८४५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement