ट्वाइलेटमा मोबाइल चलाउने बानी छ ? होस् गर्नुहोस् ! शरीरमा फैलिन सक्छन् यस्ता खतरनाक किटाणु

Advertisement

काठमाडौं । प्रविधिको जमानमा मोबाइलको प्रयोग आवश्यक्ताभन्दा पनि अगाडि पुगिसकेको छ । कुनै समयमा व्यक्तिसँग सम्पर्क गर्न मात्र प्रयोग हुने मोबाइल फोन अहिले त जीन्दगीको हिस्साहरुलाई नै समेटेर अगाडि बढिरहेको छ । सायद मोबाल पनि खाना जत्तिको नै आवश्यक्तामा पर्न थालेको छ । बच्चादेखि बुढासम्मलाई बिना फोन बाँच्न मुस्किल हुन थालिसकेको छ । होस् गर्नुहोस् ! तर, यस्लाई त्यति धेरै महत्वमा राख्नु पनि फाइदाजनक छैन ।

ट्वाइलेटमा बसेका बेला गेम खेल्ने, च्याट गर्ने वा फोनमा बोल्ने गर्नु स्वास्थ्यमाथी खेलवाड गर्नु हो । यस्तो बानीले मृत्यु पनि हुनसक्छ । बाथरुम वा ट्वाइलेमा मोबाइल प्रयोग गर्ने बानीले गम्भिर रोग निम्त्याइरहेको विशेषज्ञहरुको दाबी छ । ट्वाइलेट बाहिर प्रयोग गरिने वस्तु, मोबाइल वा अन्य वस्तु ट्वालेट भित्र प्रयोग गर्न नहुने विशेषज्ञले सुझाएका छन् ।

जब तपाई ट्वाइलेटमा ‘फ्लस’ गर्नुहुन्छ अथवा पानी हाल्नुहुन्छ, युरिन तथा फोहोर वस्तुहरु केही फिटमाथिसम्म आउँछ, हावामा मिसिन्छ । जुन रोग संक्रमणको कारण बन्छ । जति पटक ‘फ्लस’ गर्नुहुन्छ उति पटक किटाणु हावामा फैलने गर्छ । त्यसैले पनि दिशा बस्दा बोल्न हुँदैन भनिन्छ। यसको अर्थ बाथरुममा हुँदा मुख खोलेमा किटाणु पस्छ भन्न खोजिएको हो।

ट्वाइलेटमा राखिएको ‘पेपर होल्डर’मा सबैभन्दा बढी किटाणु बसेका हुन्छन् । धेरै जसोले आफ्नो फोन त्यही ‘पेपर होल्डर’मा राख्ने गर्छन् । अर्कोतिर हामीले मोबाइल प्रयोग गरिरहँदा मोबाइल तात्ने भएकाले ब्याक्टेरियाहरुलाई त्यहाँ सहज वातावरण हुन्छ जुन पछि हामीलाई समस्या बन्छन् । जसका कारण इ–कोइल, सालमोनेला, सि–डिफिसाइलजस्ता ब्याक्टेरिया फोनमा सल्किन्छ। अनि त्यहि फोन हामी दिनभर हातले समात्छौँ, त्यहि हातले खाने कुरा खान्छौं।

यति गर्दा पनि ट्वाइलेटमा फोन बिना बस्नै सक्नुहुन्न भने, ‘स्पिरिट’ ले फोनलाई बारम्बार सफा गर्नुहोस् । त्यसैले ट्वाइलेटमा मोबाइल प्रयोग गर्ने बानी जति सक्दो छिटो छाड्न विशेषज्ञले सुझाएका छन् ।

Advertisement

Advertisement

Advertisement