सूचीकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन नेप्सेले सबै कम्पनीलाई पठायो पत्र

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले सूचीकृत संगठित संस्थाको बर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन सबै सूचीकृत कम्पनीहरुलाई अनुरोध गरेको छ ।

नेप्से सूचीकरण शाखाका अधिकृत नवराज थापाले दोश्रो त्रैमासिक वर्गिकरणका लागि उपलब्ध गराइएको ढाँचामा फारम भरी पुस मसान्तसम्ममा प्राप्त हुने गरी उपलब्ध गराउन अनुरोध सहित पत्र पठाएका हुन् ।

धितोपत्र बिनियमावली २०७५ को बिनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको प्रत्येक त्रैमासिक अवधिमा बर्गिकरण गर्नु पर्ने भएकाले आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरिएको नेप्सेले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement