एक्साइडको नयाँ ब्याट्री बजारमा

Advertisement

काठमाडौं । नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ग्राहकको चाहना र प्रविधिको विकासलाई आत्मसात गर्दै यूपीएस ट्युब्लर ब्याट्री बजारमा भित्र्याएको छ । मंगलबार आयोजित एक कार्यक्रममा, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र एक्साइड इन्डस्ट्रियल इन्डियाका जनरल म्यानेजर अमिताभ बाक्क्षीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

उक्त कार्यक्रममा बोल्दै राजनबाबु श्रेष्ठले भने ‘आगामी दिनमा यस ब्याट्रीले नयां उचाई र आयाम छुने कुरामा विश्वस्त हुन सम्पूर्ण डिलरहरुलाई आग्रह गर्न चाहन्छु ।’ साथै अमिताभ बाक्क्षीले नयाँ र अत्याधुनिक रोबस्ट स्पाईन टेक्नोलोजी जडित भएकाले यस ब्याट्रीले लामो समय सम्म ब्याकअप दिने र कम समयमै चार्ज हुने विशेषताका कारणले आउने दिनमा यो ब्याट्री ग्राहकहरुको पहिलो रोजाई हुनेमा विश्वस्त पारे ।

४८ महिना वारेन्टी भएको यस ब्याट्रीमा डिप डिस्चार्ज गर्न मिल्ने, विशेष प्रकारको फ्लोट ले गर्दा पानी हाल्दा सजिलो र पोखिने जोखिम कम हुने, एसिड लेभल उच्च भएको हुँदा बारम्बार रिफिल गरी रहने झमेला नहुने लगायतका विशेषताहरु रहेको कुरा कम्पनीले जानकारी गराएको छ ।

Advertisement

Advertisement

Advertisement