भारतका ६६ प्रतिशत खेलौना बच्चाका लागि खतरनाक, नेपालको अवस्था कस्तो ?

Advertisement

काठमाडौं । हाम्रो बच्चालाई खेलौना एकदमै मन पर्छ, हामी उनीहरुको लागि किनीदिन्छौँ, अरु कुरामा हामी ध्यान दिदैनौँ । हामी खेलौनाले कस्तो नोक्सान बच्चामा पर्छ भन्ने कुरामा मत्लब राख्दैनौँ । हामी मात्र खेलीसकेपछि बच्चालाई हात धुन सिकाउँछौँ ।

तर, यो गलत हो भन्ने एक अध्ययनले देखाएको छ । हामी खेलौनाको गुणस्तर हेरेर किनीदिन्छौँ तर जाँच्नको लागि कुनै आधार भने हुन्न । कतिको खतरा या उपयुक्त छ त ? बच्चाको लागि भनेर हामी सोच्दैनौँ ।

तर, भारतीय गुणवत्ता परिषद (क्यूसीआई) को एक रिपोर्ट भन्छ, ‘भारतमा आयात हुने ६६.९० प्रतिशत खिलौना बच्चाको लागि खतरनाक हुन्छ ।’ त्यस्तै नेपालमा पनि यीनै खेलौना आयात हुने गर्छन् ।

क्यूसीआईले गरेको एक अध्ययनमा खिलौनामा मेकेनिकल, केमिकल र अन्य हानीकारक वस्तुहरु मिसाइने गरेको जनाएको छ । क्यूसीआईको अनुसार चाहिनेभन्दा बढी मात्रामा केमिकल प्रयोग हुने बताएको छ । यसले गर्दा बच्चामा विभिन्न रोग लाग्ने खतरा हुन्छ ।

के हुन्छ त बच्चामा यस्तो खेलौनाको नोक्सान ?

क्यूसीआईलको अध्ययन अनुसार निकल र केमिकल जाँच गरेपछि, त्यसपछि द पेन्ट्स, लेड र हेवी मेटल जाँच गर्दा ३३ प्रतिशत खेलौना मात्र राम्रो भएको बताएको छ । धेरै जसो खेलौना गुँण्स्तर। जाँचमा फेल भएको जनाएको छ ।

टक्सिक खिलौनाबाट हुने नोक्सानमा डा. आरपी सिंह भन्छन्, ‘धेरै खेलौना मेकानिकल जाँचमा फेल भएका छन् । मेकेनिकल जांचको मत्लब कस्तो मेटलबाट बनेको छ भन्ने कुरा हो, कुनै खेलौनाले काट्न सक्छ । मुखमा हाल्दा घाँटीमा अड्किन भएन ।’ यी सबै कुराको जाँच गनुपर्छ ।

केमिकलले गर्दा बच्चालाई क्यान्सरसम्म लाग्ने खतरा हुन्छ । खेलौनाले इन्फेक्शनको सम्भावना धेरै हने विज्ञहरुले बताएका छन् । भारतमा सबसे ज़्यादा खिलौना चीनबाट आउँछ । त्यसपछि श्रीलंका, मलेशिया, जर्मनी, हङ–कङ र अमेरीकाबाट आउँछ । यतीमात्र होइन भारका प्राय खेलौना नेपाल पनि भित्रिन्छन् ।

Advertisement

Advertisement

Advertisement