माधव नेपालले भने–एमसीसी कानुन भन्दा माथी हुन सक्दैन, संसोधन हुनुपर्छ

Advertisement

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता माधव कुमार नेपालले अमेरिकी सहयोग कार्यक्रम एमसीसी नेपालको कानुन भन्दा माथी हुन नसक्ने बताएका छन् ।

मंगलबार हेटौडाँमा आयोजीत पार्टी कार्यक्रममा उनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन(एमसीसी) अहिलेकै अवस्थामा स्वीकार गर्न नहुने बताएका हुन् । उनले एमसीसी संसदबाट पास हुनु अघि त्यसको केहि प्रावधान संसोधन गरिनुपर्ने स्पष्ट पारेका हुन् ।

एमसीसीको लेखा परिक्षण नेपालले गर्नुपर्ने, नेपालको कानुन लागु हुने लगायतका विषय समावेश गरेपछि मात्रै संसदबाट पास गराउनुपर्ने नेता नेपालको धारणा थियो । ‘एमसीसी नेपालको कानुन भन्दा माथी हुन सक्दैन, देशको हितमा हुने व्यवस्था समावेश गरेर मात्रै त्यसलाई स्वीकार गर्नुपर्छ’, नेता नेपालले भने । उनले असंलग्न परराष्ट्र नीतिको बर्खिलाप हुने गरि नेपाल कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने पनि स्पष्ट पारे ।

अमेरिकाले एमसीसी मार्फत नेपालमा सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि करिब ५६ अर्ब रुपैयाँ सहयोग उपलब्ध गराउँदैछ । पाँच वर्षभित्र काम सम्पन्न गर्नुपर्ने सर्तसहित प्राप्त हुने उक्त सहयोगलाई अमेरिकाले इण्डो प्यासिफिक रणनीतिको अंगका रुपमा अघि सारेको बताएपछि नेपाल भित्र त्यसको बिरोध भैरहेको छ ।

Advertisement

Advertisement