विरोध गर्नेहरु गरिरहन्छन्, एमसीसी कसैले रोकेर रोकिनेवाला छैन्ः मन्त्री बाँस्कोटा

Advertisement

डडेल्धुरा । अमेरिकी सहयोग ‘एमसीसी’बारे कुनै विवाद नगरी संसदबाट अनुमोदन हुने सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटा बताएका छन् । बुधबार बिहान प्रेस संगठन नेपाल डडेल्धुरा शाखाद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ।

उनले सरकारले एमसीसीको फाईल संसदमा पेश गर्ने र संसदबाट कसैको रोकतोक बिना नै पास हुने दाबी समेत गरेका छन् । बाँस्कोटाले भने, ‘कसैले चाहेर पनि अब एमसीसी फेल हुँदैन सरकारले संसदमा पेश गर्छ सिधै पास हुन्छ ।’ एमसीसीलाई राजनीतिक मुद्दा बनाउन नहुने भन्दै हाललाई एमसीसी संसदबाटै अनुमोदन गरे पनि सबै कुरालाई संसदबाट लैजान भने आवश्यक नरहेको पनि उनले बताए ।

एमसीसीको सबै सूचांक पार गरेर सन् २०११ को डिसेम्बरमा नेपाल ‘क्वालिफाइ’ भएको बाँस्कोटाले भने । मन्त्री बाँस्कोटाले एमसीसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गर्दै यी दुवै विषयलाई मिसाएर विवाद गरेर भ्रम सिर्जना गर्न खाजिएको दाबी गरे । उनले यो पास गर्न खोजे नकारात्मक धारणा भएकाहरुले पनि विरुद्ध नै गर्छन् भन्दै नगरौ भने पनि अलोकतान्त्रीक देश भन्नेर फेरी अर्को राईलो सुरु होला भने ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement