एनआईसी एशियाका ग्राहकलाई तिनाउ हस्पिटलमा १५ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि बुटवलबीच सम्झौता भएको छ ।

बैंकका सम्पूर्ण ग्राहकहरु र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलकसुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमलप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement