सनराइज बैंकले घरेलु तथा साना उद्योगलाई सहुलियत कर्जा दिने

Advertisement

काठमाडौं । घरेलु तथा साना उद्योगलाई सनराइज बैंकले सहुलियत रुपमा कर्जा दिने भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट व्यापार बैंकिङ प्रमुख हरिप्रसाद आचार्य तथा भक्तपुर घरेलु तथा साना उद्योग संघका तर्फबाट संघका अध्यक्ष वीरेन्द्र जटिले संयुक्त रुपमा गरेका हुन् ।

सनराईज बैंक र घरेलु तथा साना उद्योग संघ, भक्तपुरबीच सहुलियत कर्जा दिने सम्झौता भएसँगै त्यसको शुरुवात भएको बैंकले जनाएको छ । उक्त सम्झौता अनुसार बैंकले नेपाल सरकारले नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम सुविधा उपलब्ध हुनेछ । त्यसै अनुसारको सुविधासहितको व्याज अनुदान कर्जा तथा निर्यातमा नगद प्रोत्साहन जस्ता कोष तथा गैह्र कोषमा आधारित सहुलियतपुर्ण कर्जा दिने भएको छ ।

Advertisement

Advertisement

Advertisement