सानिमाको विस्तारित काउन्टर बुढानिलकण्ठको सुन्दरबस्तीमा

Advertisement

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा खोलेको छ ।

उक्त काउन्टरको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घवप्रसाद खरेल, बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) द्वारा संयुक्त रुपमा गरेका हुन् ।

उक्त समारोहमा बुढानिलकण्ठ नगरपालिकाका मेयर खरेलले सानिमा बैंकको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंकलाई धन्यवादका साथै शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बंैक सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा स्थानिय वासी समक्ष खुशी व्यक्त गर्नुभयो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गरे ।

समारोहमा मह जोडीले सुन्दरबस्तीमा सानिमा बैंकको विस्तारित काउन्टर संचालनमा आएकोमा स्थानी वासी तथा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे । र्नुभयो ।

सानिमा बैंकको हाल ७९ वटा शाखा, २ विस्तारित काउन्टर तथा ७८ वटा एटीएम रहेको छ ।

Advertisement

Advertisement