एनआईसी एशिया बैंकको सपोर्ट सेवा अब २४सै घण्टा

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले अझै आधुनिक र प्रतिष्पर्धी सेवा दिने क्रममा २०७१ सालदेखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ ।

बैंकका ग्राहकहरुलाई कुनैपनि सहायता आवश्यक परे एनआईसी एशिया सपोर्ट सेवा वर्षको ३६५ दिन नै र २४ सै घण्टा लिन सक्ने छन् । ग्राहकहरुको सेवा सुविधाका लागि गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने बैंकले जनाएको छ । छ ।

सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइटमा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्ने छन् ।

Advertisement

Advertisement

Advertisement