बुटवल पावर कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न, २८ प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौं । बुटवल पावर कम्पनीको २७औं वार्षिक साधारण सभाबाट सेयरधनीलाई २८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कम्पनीको कार्की ब्यांकेट, काठमाडौंमा बिहीबार आयोजना भएको सभाले चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभा प्रयोजनका लागि यस कम्पनीले पुस ९ गतेदेखि बिहीबारसम्म बुक क्लोज गरेको थियो । पुस ८ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्दैछन् । सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७५।०७६ को खुद मुनाफा तथा संचित मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने, आर्थिक वर्ष २०७६/०७७ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।

Advertisement

Advertisement

Advertisement