लगानीकर्ताहरुलाई अर्थमन्त्रीको आग्रह-‘शेयर बजार घट्दा बालुवाटार तिर नहेर्नू’

Advertisement

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार घट्दा बालुवाटार तिर नहेर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । मंगलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को २७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले लगानीकर्ताहरुलाई आफुसँग भएको पैसा लगानी गर्न सुझाउँदै भने- ‘तर पैसा धेरै भएर मात्र बजार बढ्ने होइन ।’

पूँजीगत लाभकर घटाउन बजेटको समयमा कुरा हुन्छ-अर्थमन्त्री खतिवडाले भने । अहिले शेयर बजारमा पूँजीगत लाभकर ५ प्रतिशत छ, त्यो पनि घट्न सक्ने अर्थमन्त्रीको आशय देखाएका हुन् ।

शेयर बजार अर्थतन्त्रको मापक भएको बताउँदै उनले भने–‘निश्चित तापक्रम आवश्यक हुन्छ धेरै तातो वा चिसो बनाउनु हुन्न, शेयर बजारलाई पानी पट्टि लगाउनु नपरोस् ।’

बैंकलाई ब्रोकर लाईसेन्स दिनेबारे थप छलफल गरौँला-अर्थमन्त्री खतिवडाले भने ।

Advertisement

Advertisement