नेपाल राष्ट्र बैंकले सोमबार २० करोडको ट्रेजरी बिल बिक्री गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले माघ ६ गते २० करोड रुपियाँको २० करोडको ट्रेजरी बिक्री गर्न लागेको हो।

उक्त ट्रेजरी ९१ दिने अवधिको रहेको छ। बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।जारी हुन लागेको ट्रेजरी बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने राष्ट्र बैंकले जनाएको छ।

यसअघि पुस २८ मा पनि राष्ट्र बैंकले ९१ दिन अवधिको ८ अर्ब र एक वर्ष अवधिको ६ अर्बको ट्रेजरी जारी गरेको थियो। साथै, यस प्रक्रियामा सहभागी हुन अनलाइन बिडिङ प्रणालीबाट सकिनेछ भने छुट आम्दानीमा कर लाग्नेछ।

Advertisement

Advertisement

Advertisement