अर्थमन्त्रीले डाकेको छलफलमा गभर्नर गएनन्, डेपुटी र बैंकर्सलाई प्रश्नै प्रश्न

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंकर्स संघका पदाधिकारीसँग अर्थमन्त्री डा. युवराज खतिवडाले प्रश्नै प्रश्न बर्षाएका छन् । सोमबार नेपाल राष्ट्र बैंक र बैंकर्स संघका पदाधिकारीसँग डा. खतिवडाले अर्थतन्त्र र वित्तिय क्षेत्रको पछिल्लो अवस्थाबारे साढे २ घण्टा छलफल गरेका हुन् ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई बोलाइएको भए पनि उनले डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई पठाएका थिए । बैंकर्स संघका तर्फबाट भने अध्यक्ष भुवन दाहालसहित १० जना सिइओ अर्थमन्त्रालय पुगेका थिए ।

२ बजे आरम्भ भएको छलफल साढे ४ बजेसम्म चलेको थियो । छलफलमा अर्थमन्त्रालयका दुबै जना सचिव पनि सहभागी थिए ।

अर्थमन्त्रीका प्रश्नै प्रश्न
अर्थमन्त्री खतिवडाले समग्र आर्थिक परिसूचक र वित्तिय परिसूचकको अवस्थाले कस्तो संकेत गरिरहेको छ ? भनेर नेपाल राष्ट्र बैंक र बैंकर्सको धारणा मागेका थिए ।

उनले सम्पति शुद्धीकरण निवारणमा राष्ट्र बैंक र बैंकर्सका तर्फबाट के कस्तो प्रयास भैरहेको छ ? भन्ने अर्काे प्रश्न पनि गरेका थिए । अर्थमन्त्रीले ब्याजदर र तरलताका विषयमा पनि चासो व्यक्त गरेका थिए ।



त्यस बाहेक हेजिंग फण्डको कार्यान्वयनमा ढिलाई हुनुको कारण पनि अर्थमन्त्रीले सोधेका थिए । व्यवसायीले बैंक र कर कार्यालयमा बुझाएको विवरण एउटै हुनुपर्ने व्यवस्था कार्यान्वयनको अवस्थाबारे पनि जिज्ञासा राखे ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिनका लागि कर चुक्ता प्रमाणपत्र बुझाउनुपर्ने पछिल्लो व्यवस्था कार्यान्वयन कसरी भैरहेको छ भन्ने जिज्ञासा पनि राखे ।
त्यस बाहेक विदेशी लगानी स्वीकृति तथा लाभांश फिर्ता लैजाने प्रकरणमा पनि मन्त्रीले चासो व्यक्त गरेका थिए ।

त्यस बाहेक उत्तरी सिमा नाकाबाट हुने आयात निर्यात व्यापारका समस्या समाधानबारे पनि ठोस सुझाव उनले मागेका थिए । गो एएमएलको कार्यान्वयनमा कुनै कसर बाँकी नराख्न पनि उनको निर्देशन थियो ।

Advertisement

Advertisement

Advertisement