स्वीकृति पाएको १ महिनामै मर्जरमा गयो नवकिरण लघुवित्त, महुलीसँग मर्जर सम्झौता

Advertisement

काठमाडौँ । महुली लघुवित्त र नवकिरण लघुवित्त वित्तीय संस्था मर्जर हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट २०७० जेठ २ गते घ वर्गको वित्तीय संस्थाको इजाजत प्राप्त गरी हाल १५ जिल्लामा कार्यक्षेत्र भएको महुली र २०७६ पुस ९ गते इजाजत प्राप्त गरेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको नवकिरण बीच मर्जर सम्बन्धी समझदारी पत्रका बुधबार हस्ताक्षर भएको छ ।

समझदारी पत्रका महुलीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष प्रभुनारायण चौधरी र नवकिरणका तर्फबाट अध्यक्ष मोहनहरि आचार्यले हस्ताक्षर गरेका छन् ।

६ वर्ष अघिदेखि सञ्चालित अग्नीसाइर कृष्णासवरण सप्तरीमा मुख्य कार्यालय रहेको महुली र एक महिनाअघि मात्र स्वीकृति प्राप्त काभ्रेको धुलिखेलमा मुख्य कार्यालय रहेको नवकिरण मर्जर हुन लागेका हुन् ।

दुई वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने कार्य २०७७ साल बैशाख भित्र पूरा गर्ने समझदारी पत्रमा उल्लेख छ । मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि दुबै संस्थाबाट ३–३ सदस्यीय मर्जर समिति गठन गरिएको छ ।

महुली र नवकिरण एक आपसमा गाभिई बन्ने नयाँ राष्ट्रियस्तरको कार्यक्षेत्र हुने घ वर्गको संस्थाको नाम महुली लघुवित्त वित्तीय संस्था लिमिटेड कायम राख्न सहमत भएका छन् । केन्द्रीय कार्यालउ महुली सप्तरीमै रहने र धुलिखेलमा कार्यालय रहेको नवकिरणको कार्यालयलाई ३ नम्बर प्रदेश कार्यालयका रुपमा सञ्चालन गरिने समझदारी पत्रमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement