भ्रमण बर्षलाई लक्षित गरि एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिस्ट सिम’, यस्ता छन् विशेषता

Advertisement

काठमाडौं । एनसेलले बिश्वका बिभिन्न मुलुकबाट आउने पर्यटकको सहजताका लागि ‘टुरिष्ट सिम’ प्रयोगमा ल्याएको छ । कम्पनीले बुधबारदेखि नै उक्त योजना कार्यान्वयनमा ल्याएको हो ।

योजना अन्तर्गत भ्रमणमा आएका विदेशीले सजिलै टुरिस्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बन्डलिङ गरिएको प्याक लिन सक्छन् । कम्पनीले नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित एक सय रुपियाँमा टुरिस्ट सिम सहितको स्टार्टर प्याक लिन सक्छन् । यो प्याकमा पर्यटकले ३० रुपियाँ मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पाउँछन् ।

–मात्र रु १०० मा सिम
–अल नेटवर्क टक टाईम र डेटा सहितका कम्बो प्याकहरु
–पे यज यु गो रेट लागु नहुने

यो सिमको विशेषता भनेको यसमा ‘पे यज यु गो’ रेट लागु हुँदैन र पर्यटनहरूले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बन्डल गरेको तीनदेखि तीस दिनसम्म समयसीमा रहेका विभिन्न पाँच कम्बो प्याकमध्ये कुनै एक प्याक लिन सक्छन् ।

पर्यटकहरूको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएका कम्बो प्याकमा तीन दिने प्याकको करसहित २ सय ९० रुपियाँ पर्छ । यसमा ३० मिनेट अल नेटर्वक भ्वाइस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ । ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाइस रहेको ७ दिने प्याकको करसहित ४ सय ९० रुपियाँ तोकिएको छ भने करसहित ९ सय ८० रुपियाँ पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १ सय ४० मिनेट अल नेटवर्क भ्वाइस बन्डल गरिएको प्याक लिन सक्छन् ।

यस्तै लामो समयका लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले करसहित १ हजार ४ सय ७० रुपियाँमा २८ जिबी डेटा र २ सय ८० मिनेट अल नेटवर्क भ्वाइस सेवा प्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याक अन्तर्गत करसहित २ हजार ८ सय ८८ रुपियाँमा ८८ जिबी डेटा र ८ सय ८८ मिनेट अल नेटवर्क भ्वाइस सेवा पाउनेछन् ।

पर्यटकले ‘टुरिस्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स १७१०५ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् । एनसेलले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सञ्चालनमा ल्याइएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाको सञ्चार सेवाको आवश्यकतालाई सहज रूपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

टुरिस्ट सिम एनसेलका एनसेल सेन्टर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउन्टर र देशका विभिन्न भागमा रहेका ९० वटा प्वाइन्ट अफ सेल्सबाट लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्छ ।

Advertisement

Advertisement

Advertisement