हिमालय एअरलाइन्सले सेवा विस्तार गर्यो, अब काठमाडौं–छोङ्छिङ् सिधा उडान पनि

Advertisement

काठमाडौँ । चिनियाँ नयाँ बर्षको पूर्वसन्ध्याको अवसर पारेर नेपाल—चीन सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले आजदेखि काठमाडौ—छोङ्छिङ् सिधा उडान सेवा शुरु गरेको छ । छोङ्छिङ् जन गणतान्त्रि चीनको एक मनोरम पर्यटकीय शहर हो । नेपालबाट छोङ्छिङ् सिधा उडान सेवा भर्ने हिमालय एअरलाइन्स् नै पहिलो हवाई सेवा कम्पनी हो । सिधा हवाई सेवा शुरु भएसँगै आगामी दिनमा दुबै शहरमा पर्यटकीय आवागमनमा उल्लेख्य टेवा पुग्ने विश्वास लिइएको छ ।

गत अक्टोबर २०१९ मा काडमाडौ—बेइजिङ् उडान थालेपछि हिमालय एअरलाइन्स्ले आक्रामक रुपमा चीनका अन्य शहरहरु गुयाङ्, चाङ्सा र सेन्जेनमा एकपछि अर्को गर्दै आफ्नो सेवा अघि बढाईसकेको छ । काठमाडौ—छोङ्छिङ् सिधा उडानबाट ब्यापारिक भिषामा ओहोरदोहर गर्ने तथा छोटो समय घुम्न हिंड्ने पर्यटकका लागि नयाँ विकल्प प्रदान गरेको छ ।

त्रिभुवन विमानस्थलमा आयोजित एक बिशेष समारोहका बीच रिबन काटेर नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टईले काठमाडौ—छोङ्छिङ् सिधा उडानको आज बिहीबार औपचारिक उद्घाटन गरेका छन् । नेपालस्थित चिनियाँ राजदूत श्रीमती होउयाङची, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल लगायत नेपाल सरकारका उच्च सरकारी अधिकारीहरु सो अवसरमा उपस्थिति थियो ।

काठमाडौ—छोङ्छिङ् सिधा उडान अन्र्तगत पहिलो विमान एच९ ७८७ त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बिहान ०९ः४० बजे छोङ्छिङ जियाङ्बेइ अन्र्तराष्ट्रिय विमानस्थलका लागि प्रस्थान गरी स्थानीय समय अनुशार १५ः२६ बजे छोङ्छिङ चियाङ्पेइ अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्यो ।

त्यसैगरी छोङ्छिङ जियाङ्बेइ अन्र्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार सोही दिन उक्त विमान अपरान्ह १७ः०० बजे काठमाडौका लागि उड्ने र नेपालको समय अनुसार साँझ १९ः१५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तय भएको छ । प्रारम्भिक प्रस्थान र दिउसो उडान र अवतरण हुँदा यात्रुहरुलाई भ्रमणका क्रममा समय ब्यबस्थापन गर्न सहजता महसुस हुनेछ ।

यसैबीच, काठमाडौ—छोङ्छिङ् सिधा उडान उद्घाटनको अवसर पारेर हिमालय एअरलाइनस्ले राजधानीको द द्वारिकाज होटलमा एक पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा आफ्नो मन्तब्य राख्दै हिमालय एअरलाइन्स्का अध्यक्ष झाउ इनयोङ्ले चिनियाँ नयाँ बर्षको सुखद अवसर पारेर काठमाडौ—छोङ्छिङ् सिधा उडान शुरु गर्न पाउनु निकै खुशीको कुरा भएको बताए ।

सो अवसरमा चिनियाँ राजदूत श्रीमती होउयाङचीले हिमालय एअरलाइन्स्ले नेपाल र चीनलाई निकट बनाउन निरन्तर खेल्दै आएको भूमिकाको प्रशंशा गरिन् । नेपालका पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल र चीनको द्विपक्षीय सम्बन्ध विस्तारका लागि कनेक्टिभीटि महत्वपूर्ण रहेको बताए । उनले हिमालय एयरलाइन्स्को सेवा विस्तारबाट नेपाल र चीनबीचको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

हिमालय एअरलाइन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै भने–चीन हाम्रो मुख्य पर्यटन बजार हो । चीनको थप अर्को एउटा शहरमा हाम्रो सेवा विस्तार गर्न पाउंदा हामी हर्षित छौं ।’

Advertisement

Advertisement

Advertisement