नेप्सेमा सूचीकृत १२ वटा बाणिज्य बैंकमात्रै ए वर्गमा, बाँकी सबै जी र जेड मा (सूचीसहित)

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत संगठित संस्थाको वर्गिकरणमा १२ वटा वाणिज्य बैंक ए वर्गमा पर्न सफल भएका छन् ।

ए वर्गमा पर्न सफल बैंकहरुमा बैंक अफ काठमाण्डू, सिटिजन इन्टरनेशनल बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माच्छापुछ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, सानिमा बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । नेप्सेमा सूचीकृत बाँकी बैंक तथा वित्तीय संस्थाहरु जी र जेड वर्गमा बर्गिकृत भएका छन् ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को बिनियम ११ बमोजिम कम्पनीहरुलाई वर्गिकरण गरिएको नेप्से सूचीकरण शाखाले जनाएको छ । चालु आवको दोस्रो त्रैमासिक वर्गिकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारण सहित ३५ दिनको म्याद भित्र दाबी सहितको निवेदन दिन सक्ने पनि नेप्सेले जनाएको छ ।

सम्पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नु होला:

 

Advertisement

Advertisement

Advertisement