हामीले माग्दैनमागेको उपसभामुख दिएर सरकारले मधेसी दललाई खेलाउन खोज्योः यादव

Advertisement

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महेन्द्र राय यादवले आफूहरुले उपसभामुख पद नमागेको बताउै नमाग्दा नमाग्दै पनि दिएर राजपाभित्र सरकारले खेल्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभामा उनले भने, ‘हामीले उपसभामुख मागेका छैनौं, नमाग्दा पनि दिने हो भने हामी पार्टीमा छलफल गर्छौं ।’ आफूहरुको माग पूरा नभएसम्म सरकारलाई समर्थन नगर्ने बताउँदै यादवले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकारले मधेसी दलभित्र खेल्न खोजेको आरोप लगाए ।

उनले मधेसको मुद्दा संबोधन नगर्ने तर मधेसी दललाई सत्ताको लोभ देखाएर समर्थन लिने प्रवृत्ति देखिएको बताउँदै एउटालाई १८ महिना सरकारमा ल्याउने र फेरि अर्कोलाई ल्याउने सरकारको प्रवृत्ति देखिएको बताए । यादवले अब सरकारले माग पूरा नगर्दासम्म समर्थन नगर्ने र सरकारमा पनि नजाने स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement