माछापुच्छ्रे बैंकको नाफा ८२ करोड, अरु सूचक कस्ता ?

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले ६ महिनामा ८२ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधीमा ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले ६ महिनामा वितरण योग्य नाफा ६० करोड रुपैयाँ आर्जन गरेको छ ।

माछापुच्छ्रे बैंकले यो अवधीमा ९७ अर्ब निक्षेप संकलन गरेर ८७ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो भने ७८.२७ प्रतिशत कायम गरेको छ । बैंकले खुद ब्याज आम्दानी एक अर्ब ९८ करोड रुपैया पुर्याएको छ । ८ अर्ब ४५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

बैंकको कस्ट अफ फण्ड ७.६४ प्रतिशत छ भने आधार ब्याज दर १०.२६ प्रतिशत छ । स्प्रेड दर भने ५.२४ प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement