सनराइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा १५ प्रतिशत सम्मको छुट

Advertisement

काठमाडौँ । सनराइज बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल अन्नपूर्णसंग सम्झौता गरेको छ ।

सनराइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौँ को दरबारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज, तथा पोखरा स्थित फिस्टेल लजमा फुड, बेभरेज र बेकरी आइटम जस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड मार्पmत भुक्तानी गरेर १५ प्रतिशत सम्मको छुट लिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement