युनाईटेड फाईनान्सको सिल्भर जुब्ली बचत खाता संचालनमा

Advertisement

काठमाडौं । युनाईटेड फाईनान्सले आफ्नो २५औं बार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता संचालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरन्तरता दिँदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान सुरु गरिएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत युनाईटेड फाईनान्सको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाईनान्सका तर्फबाट सय रुपियाँ जम्मा गरिने तथा निःशुल्करुपमा भिसा कार्ड तथा आश्वा सेवा उपलव्ध गराईनेछ ।

नेपालकै पूरानो मध्येको यस फाईनान्समा हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनान्स रणनीतिक साझेदारका रुपमा भित्रिएकोछ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । पछिल्लो योजना सबै शाखा कार्यालयहरुमा लागू गरिएको जनाउँदै कम्पनीले यो फागुन महिनाभरीका लागि संचालनमा ल्याएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement