साठी लाख घुस खाएको अभियोगमा असई बिरुद्ध मुद्दा दायर

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामूहिक करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा तत्कालीन प्रहरी सहायक निरीक्षक(असई) उमेश केसीविरुद्ध विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ ।

करणी मुद्दाका प्रतिवादीको पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितलाई समेत बयान मिलाइदिने भनी घुस मागेको पाइएको आयोगले जनाएको छ । आयोगले प्रहरी सहायक निरीक्षक केसीविरुद्ध रु ६० लाखको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले चम्पादेवी प्राथमिक विद्यालय ओखलढुङ्गामा कार्यरत तत्कालीन शिक्षक खेटराज बरालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा गरेको र सरकारी सुविधा लिएको आरोपमा आजै मुद्दा दायर गरेको छ ।

यसैगरी आयोगले आजै साझा प्रकाशनमा कार्यरत सहायक चतुर्थ तहका कुवेरप्रसाद उपाध्यायविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपाध्यायले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको र पदोन्नतिसमेत भएको पाइएको आयोगले आरोप लगाएको छ ।

Advertisement

Advertisement

Advertisement