चन्द्रगिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १ लाखको भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौँ । जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल बिरुद्ध १ लाख घुस लिई भ्रष्टाचार गरेको ठहर सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बुधबार मुद्दा दर्ता गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसारप्रमुख प्रशासकीय अधिकृत पौडेलले चन्द्रागिरी नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस माग गरेको उजुरीका आधारमा आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले एक लाख लिइसकेको अवस्थामा यसअघि पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा सूचना, संचार तथा प्रसारणमा बिनियोजन गरेको रकममध्येवाट प्रिमियर डिजिटल मिडिया प्रालिले मासिक १ पटक कार्यक्रम संचालन गर्ने सम्झौता गरी पहिलो किस्ताबापत दुई लाख पचास हजार लिई कार्यक्रम भईरहेको अवस्थामा पौडेलले सेवाग्राहीसँग रकमको बार्गेनिङ एक लाख दिन बाध्य पारेको पुष्टी भएको छ ।

उनले सवारी चालकलाई लिन उक्त पैसा लिन लगाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा १ लाख बिगो कायम गरी विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement