लघुवित्तमा कार्यरत कर्मचारीबाटै ६० लाख ७० हजार अनियमितता, बैंकिङ कसुरमा पक्राउ

Advertisement

मनाङ । एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेकी छिन् ।

उनले सो वित्तीय सस्थाबाट रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको सो चामे गाउँपालिकामा रहेको सो सस्थामा उनी दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत थिइन् ।

सो रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरी समेत परेको जनाइएको छ । गुरुङले ४३ जनाको नाममा कीर्ते तमसुक बनाइ कर्जा निकालेर अनियमितता गरेको जनाइएको छ । रासस

Advertisement

Advertisement

Advertisement