आफ्ना पार्टीका अधिकांश वरिष्ठ नेताहरुले एक्ल्याएपछि ओलीले काँग्रेस नेताहरु भेट्न थाले

Advertisement

काठमाडौं । आफ्नै पार्टीका वरिष्ठ नेताहरुबाट एक्लिएपछि प्रधानमन्त्री केपी ओलीले काँग्रेस नेताहरुसँग भेटवार्ता सुरु गरेका छन् । काँग्रेसका शेखर कोइरालालाई भेटेर ओलीले झण्डै डेढ घण्टा राजनीतिक विषयमा कुराकानी गरेका हुन् ।

एकपछि अर्को प्रकरणका कारण कमजोर बनेका ओलीमाथि नेकपाका अधिकांश सचिवालय सदस्यहरुले नेता वामदेज गौतमलाई राष्ट्रियसभाको सदस्य नियुक्तिको सिफारिस गर्न र अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडाको म्याद नथप्न दबाब दिएका छन् । सचिवालयमा अहिले ओलीका पक्षमा इश्वर पोखरेल मात्रै रहेका छन् भने विपक्षमा पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, बिष्णु पौडेल छन् ।

कोइरालासँगको भेटमा ओलीले संविधान संशोधनको विषयमा कुराकानी गरेको जनाइएको छ । वामदेवलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्नेगरी संविधान संशोधनको दबाब खेप्दै आएका ओलीलाई काँग्रेसका शेखर कोइरालाले व्यक्ति हेरेर संविधान संशोशन गर्न नहुने सुझाव दिएको उनको सहयोगीहरुले सार्वजनिकरुपमा जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement