नेकका एक सय ८९ जना इन्जिनियरहरुको विदाई, भ्रष्टाचार नगर्न प्राचार्यको निर्देशन

Advertisement

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायणमा अध्ययनरत एक सय ८९ जना विद्यार्थी इन्जिनियरलाई एक कार्यक्रम गरी विदाई गरिएको छ । कलेजले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाई गरेको हो ।

कलेजमा चार वर्षे सिभिल इन्जिनियर पूरा गरेका एक सय ४४ जना र पाँंचवर्षे आर्किटेक्ट इन्जिनियरिंङको पढाई पूरा गरेका ४५ गरी कुल एक सय ८९ जना इन्जिनियरिंङको अध्ययन पूरा गरेका विद्यार्थीको विदाइ गरिएको हो ।

कलेजको सिभिल इन्जिनियरिंङ र आर्किटेक्ट इन्जिनियरिंङ विभागको संयुक्त आयोजनामा विदाई कार्यक्रम भएको हो । कार्यक्रममा कलेजका सवैजना विद्यार्थीलाई प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ, सहायक प्राचार्य दीपक धामी, एकेडेमिक ओअर्डिनेटर मोहनध्वज केसी, सिभिल विभाग प्रमुख दीव्यश्री लोहणी, आर्किटेक्चर विभाग प्रमुख नसला सायमीलगायतले टीका, अविर, खादालगाइदिएर विदाइ गरिएको हो ।

कार्यक्रममा कलेजका प्राचार्य प्राडा श्रेष्ठले विद्यार्थीले भ्रष्टाचार नगर्न निर्देशन दिए । घुस खाएको आरोपमा यता यति इन्जिनियर पक्राउ उता उति इन्जिनियर पक्राउका समाचार आइरहेको भन्दै उनले पैसाको पछि लागेर आफनौ नैतिकदातालाई दाउमा नराख्न निर्देशन दिए । पहिला निरन्तर मेहनत र परिश्रम गर्नुस् पछि तपाई पैसाको होइन, पैसा तपाईको पछाडि आउनेछ, उनले इन्जिनियर उपाधि हासिल गरेका विद्यार्थीलाई भने, त्यसकारण राम्रो काममा मात्रै लाग्नुस् कलेजको नाम उच्चो राख्नूस् ।

मेहनत र परिश्रम गर्न कहिल्यै नछोड्न उनले विद्यार्थीलाई निर्देशन दिए । निरन्तरको मेहनत र परिश्रमले पछिपछि प्राजेक्टहरु आफनो पछि लाग्ने अनुभब सुनाउँंदै उनले सुरुमा केही समय मात्रै प्रोजेक्टको पछि लाग्नुपर्ने अवस्था आउने सुनाए । प्राजेक्टहरु पछि लाग्न थालेपछि पैसा विस्तारै आफनो पछि लाग्न थाल्ने उदाहरण उनले दिए । उनले मेहनत र परिश्रमको विकल्प मेहनत र परिश्रम नै मात्रै रहेको बताए ।

कार्यक्रममा सिभिलतर्फको प्रोग्राम टपर मिलन अधिकारी, आर्किटेक्टतर्फको प्रोग्राम थपर आरजु झा, गोल्ड अवार्ड मिलन अधिकारीलाई पुरस्कृत गरिएको थियो । साथै कार्यक्रममा तीन जना विषय उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।

कलेजमा बीई तहमा सिभिल, सिभिल एण्ड रुरल आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन र सिभिल फर डिप्लोमा होल्डर्समा पढाइ भइरहेका हुन्छन् ।

Advertisement

Advertisement

Advertisement