गत साता भारी वृद्धि भएको सेयर बजारमा आज भारी गिरावट, कारोबारमा भने रेकर्ड

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट भएको छ । गत साता उच्च वृद्धि भएको सेयर बजार परिसुचक नेप्से आज ३९ दशमलव ४० दशमलव ४२ अंकले घटेर एक हजार छ सयबाट तल झरेको छ ।

नेप्से घटे पनि आज कारोबारमा भने रेकर्ड कायम भयो । आज चार अर्ब ८४ करोड रुपियाँको सेयर किनबेच भयो । कुल १८३ कम्पनीको सेयर किनबेच भएकोमा २० वटा कम्पनीको सेयरमा मात्रै सुधार भएको छ । सबैभन्दा धेरै कारोबार एनएमबी बैंकको २६ करोड ६३ लाख रुपियाँ रहेको छ भने ग्लोबल आईएमई बैंकको २५ करोड ८५ लाख रुपियाँ रहेको छ ।

उच्च दरको गिरावट उत्पादनमूलक समूहमा देखिएको छ । यो समूहको सुचक १६९ अंकले घटेको छ भने निर्जीवन बीमा समूहको सुचक ३२२ अंकले घटेको छ । त्यस्तै बाणिज्य बैंक समूहको सुचक २५ अंकले घटेको छ । जीवन बीमा समूहको सुचक ४७४ अंकले घटेको छ । अधिकांश समूहमा गिरावट हुँदा पनि वित्त समूहमा भने सामान्य सुधार देखिएको छ ।

Advertisement

Advertisement

Advertisement