अब घर किन्न आम्दानीको ६० प्रतिशत ऋण पाइने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी घर खरिदका लागि आफ्नो आम्दानीको ६० प्रतिशत ऋण पाइने व्यवस्था गरेको छ ।

मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत राष्ट्र बैंकले निजी प्रयोजनका लागि निर्माण तथा खरिद गरिने पहिलो घरका लागि व्यक्तिले आफ्नो आम्दानीको ६० प्रतिशतसम्म ऋण पाउने व्यवस्था गरिदिएको हो । हालसम्म व्यक्तिले आफ्नो आम्दानीको ५० प्रतिशत मात्रै कर्जा पाउँथे ।

‘स्वप्रयोजनका लागि निर्माण/खरिद गरिने पहिलो घरको लागि प्रदान गरिने कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात (डिटिआई) अधिकतम ६० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरिने छ ।’, राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षामा भनेको छ ।

Advertisement

Advertisement

Advertisement