कोरोनाको त्रासः कामका लागि विदेश जान पनि रोकियो, तत्कालका लागि श्रम स्वीकृति स्थगित

Advertisement

काठमाडौं । चीन हुँदै अन्य मुलुकहरुमा समेत फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ । नेपालीहरुलाई यस महामारीबाट जोगाउन सरकारले यस्तो निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोनाको त्रास कम नभएसम्म सबै मुलुकमा श्रम स्वीकृति प्रदान गर्ने काम स्थगन गरिएको मिडियाहरुलाई जानकारी गराएका छन् । अत्यावश्यकबाहेक अन्य काममा केही समयका लागि विदेश नजान आग्रह गर्दै यादवले कोरोनाको विशेषगरी कोरोनाको संक्रमण रहेका मुलुकमा नेपाली कामदार नपठाउन लागिएको बताएका छन् ।

सर्वोच्च अदालतले यसअघि नै कोरोना भाइरसको संक्रमण देखिएका मुलुकहरुमा उडान स्थगन गर्न आदेश दिएको छ । अदालतको आदेका कारण पनि श्रम स्वीकृति रोक्न सरकार बाध्य भएको हो । नेपाली कार्यरत दक्षिण कोरिया, यूएई, कतार, बहराइन र ओमानमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

Advertisement

Advertisement

Advertisement