बागमति प्रदेशमा पनि गाँजा बिधेयक दर्ता, केशब स्थापितले गरे नेतृत्व

Advertisement

काठमाडौं । बागमति प्रदेशमा पनि गाँजा बिधेयक दर्ता भएको छ । प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य केशब स्थापितले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गरेका हुन् ।

स्थापितले गैर सरकारी बिधेयकका रुपमा गाँजा बिधेयक दर्ता गराएका हन् । यस अघि संघीय संसदमा पनि सांसद शेर बहादुर तामांगले गैर सरकारी बिधेयकका रुपमा गाँजा बिधेयक दर्ता गरेका थिए ।

किसानको जीवनस्तर उकास्न र औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीलाई व्यवस्थित तथा नियमन गर्न विधेयक दर्ता गरेको संघीय संसद तामांग र प्रदेशसभा सदस्य स्थापितले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement