लगानी सम्मेलनमा आउँदैछन् अष्ट्रेलियादेखि अमेरिकासम्मका ५३५ लगानीकर्ता, धेरै चीनबाट

Advertisement

काठमाडौं । आसन्न लगानी सम्मेलनमा ५० देशका ५३५ जना लगानीकर्ता तथा विज्ञहरु नेपाल आउने भएका छन् । 

नेपाल सरकारको निम्तो स्वीकार गरेर बिभिन्न देशबाट सो बराबरको लगानीकर्ता तथा विज्ञहरु लगानी सम्मेलन आउने पक्का भएको हो ।

Advertisement

सरकार आगामी बैशाख १६ र १७ गते लगानी सम्मेलन गर्दैछ । त्यसमा सहभागी हुनका लागि सरकारले स्वदेश तथा विदेशका १४ सय भन्दा बढी लगानीकर्ता तथा विज्ञलाई निम्तो पठाएको थियो । 

हालसम्म ७७६ जनाले निम्तो स्वीकार गरेका छन् । त्यसमा ५३५ जना विदेशी लगानीकर्ता तथा विज्ञ रहेका छन् । यो सोमबारसम्मको  तथ्यांक हो । निम्तो स्वीकार गर्ने क्रम अझै कायमै रहेकाले यो संख्या थप बढ्न सक्ने लगानी बोर्डका प्रवक्ता प्रधुम्नप्रसाद उपाध्यले बताए । 

बोर्डकाअनुसार सम्मेलनमा नेपालकै २४१ जना लगानीकर्ता, विज्ञ तथा उद्योगीहरुले निम्तो स्वीकार गरिसकेका छन् । विदेशी लगानीकर्ताको हकमा भने सबैभन्दा धेरै उपस्थीति चीनबाट हुने देखिएको छ । हालसम्म चीनबाट २१५ जना लगानीकर्ता तथा विज्ञले सम्मेलनमा सहभागी हुने गरि निम्तो स्वीकार गरेका छन् । दोस्रो स्थानमा भने भारत रहेको छ, भारतका ११३ जना लगानीकर्ताले लगानी सम्मेलनको निम्तो स्वीकार गरेका छन् । तेस्रो स्थानमा भने अमेरिका देखिएको छ, त्यहाँका ३२ जना लगानीकर्ताले लगानी सम्मेलनको निम्तो स्वीकार गरेको बोर्डको भनाइ छ । 

यसैगरी जापानबाट २५, लन्डनबाट १४, बंगलादेशबाट १३, युएई र जर्मनबाट १०र१०, मेलेसियाबाट ९, दक्षिण कोरियाबाट ८, अष्ट्रेलियाबाट ८ र पाकिस्तानबाट ७ जना लगानीकर्ताले निम्तो स्वीकार गरेका छन् । यसैगरि सिंगापुर र घानाबाट पनि ५र५ जना लगानीकर्ता आउँदैछन् । 

हेर्नुहोस्, कुन देशबाट कति आउँदैछन् लगानीकर्ता ? 

 

undefined

Advertisement