अब वाणिज्य बैंकहरुले निक्षेपका रुपमा सुन स्वीकार गर्ने, बजार मूल्यको ७०% सम्म कर्जा पाइने

Advertisement

काठमाडौँ । अब बाणिज्य बैंकहरुमा सुनचाँदी तथा बहुमूल्य धातुका गहना निक्षेपका रुपमा राख्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो । राष्ट्र बैंकको निर्देशन पछि बाणिज्य बैंकहरुले सुनचाँदी तथा बहुमूल्य गहनालाई निक्षेपका रुपमा स्वीकार गर्ने र त्यसबापत ग्राहकले ब्याज पाउने छन् ।

सरकारले चालु आवको बजेट मार्फत उक्त व्यवस्था गरिने उल्लेख गरेको थियो । बजेटमा राष्ट्र बैंक मार्फत नीतिगत व्यवस्था गरी कार्यान्वयन गरिने उल्लेख थियो ।

राष्ट्र बैंकको निर्देशनपछि न्यूनतम २५ ग्राम सुनलाई निक्षेपका रुपमा राख्न पाउने छन् । ग्राहकले न्यूनत ३ देखि अधिकतम ५ वर्षका लागि राख्न पाउने निर्देशनमा उल्लेख छ ।

ग्राहकले सुनलाई बैंकमा निक्षेपका रुपमा राखेपछि बजार मूल्यको ७० प्रतिशतसम्म कर्जा समेत पाउने छन् । निक्षेपको ब्याजमा २ प्रतिशत थप गरी कर्जा दिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।







सुन निक्षेप लिने सम्बन्धमा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्

 

Advertisement

Advertisement

Advertisement