नेप्सेमा छ प्रतिशतको गिरावटसँगै बजार करिव १ बजेनै बन्द, के हुन लाग्यो सेयर बजारमा ? (अपडेट)

Advertisement

काठमाडौं । सेयर बजार परिसुचक नेप्से ८६ अंककोभन्दा बढिको गिरावटसँगै बजार मंगलबार करिव सवा १ बजे बन्द भएको छ । तीन पटकसम्म नेगेटिभ सर्किट लागेर नेप्से छ प्रतिशतभन्दा बढिले घटेपछि आजको लागि सबै कारोबार बन्द गरिएको हो ।

पछिल्ला दिनमा भारी गिरावट हुँदै आएको सेयर बजार घटेर एक हजार ३४९ कायम भएको छ । यसअघि ११ बजेर ५९ मिनेटमा नै ४ प्रतिशतले सूचक घट्दा २० मिनेट अवधिका लागि शेयर कारोबार रोकिएको थियो। त्यसको २० मिनेटपछि सुचारु भएको बजार १३ मिनेट नपुग्दै थप १ प्रतिशतले घटेपछि पुनः शेयर कारोबार रोकिएको थियो । रोकिएको ४० मिनेटमा नेप्सेको गिरावट पनि सञ्चालनमा आए पनि छ प्रतिशतभन्दा बढिले घटेपछि दिउसो १ः१० बजे बन्द भएको छ ।

बजारमा खरीदभन्दा उच्च बिक्री चापले नेप्सेमा भारी गिरावट देखिएको छ । कारोबार भएका अघिल्ला दिनहरुमा उच्च दरले कारोबार भएकोमा आज भने निकै कमी आएको छ । आज एक अर्ब सात करोड रुपियाँको मात्रै कारोबार भयो । पूरा समय कारोबार हुन नपाउँदा पनि आज कारोबार कम देखिएको हो ।

आज धेरै कारोबार गर्नेमा नेपाल आइफ इन्स्योरेन्स अगाडि रहेको छ । उसको आठ करोड ५८ लाख रुपियाँको कारोबार छ भने दोस्रोमा एनआईसी एसियाको आठ करोड २० लाख रुपियाको कारोबार छ । आज कुल १६१ कम्पनीको कारोबार भएकोमा नाफा गर्ने कम्पनी जम्मा आठ वटा मात्रै छन् । आज धेरै गिरावट भई सर्किट ब्रेक लाग्ने दुई कम्पनीमा नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन् । नाफा गर्नेमा एनआईबीएल संवृद्धि फण्ड १ को तीन प्रतिशतको मात्रै वृद्धि छ ।

यसको पछाडि स्टक ब्रोकरहरुको चलखेलदेखि अर्थ मन्त्रालयमा युवराज खतिवडाको पुनरागमन र कोराना भाइरसको असरलाई समेत हेरिएको छ ।

Advertisement

Advertisement

Advertisement