लक्ष्मी म्युचुअल फण्डको ८ करोड इकाई चैत ९ गते निष्काशन खुल्ला हुने

Advertisement

काठमाडौँ । कोष प्रवद्र्धक लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने लक्ष्मी उन्नत्ति कोषको ८ करोड इकाई बिक्रीका लागि चैत ९ गते निष्काशन खुल्ला हुने भएको छ ।

प्रति इकाई मूल्य रु. १० दरको ८ करोड इकाई मध्ये न्यूनतम १ करोड २० लाख वा कूल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ६ करोड ८० लाख इकाई सार्वजनिक रुपमा बिक्री खुल्ला गर्न लागिएको हो ।

न्यूनतम १०० इकाई र अधिकतम ८० लाख इकाईसम्मका लागि दरखास्त दिन सकिने छ । चैत ९ गते इकाई निष्काशन खुल्ला भई छिटोमा चैत १३ गते र ढिलोमा चैत २३ गते निष्काशन बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement