डिजेल,पेट्रोल र हवाई इन्धनको मूल्य घट्यो, खाना पकाउने ग्यासको यथावत

Advertisement

काठमाडौं । नेपाल आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँले घटाएको हो । भोलीबाट काठमाडौं उपत्यकामा पेट्रोल प्रति लिटर १०६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रति लिटर ९५ रुपैयाँमा पाइनेछ ।

हवाई इन्धनको मूल्य पनि प्रति लिटर ४.५० रुपैयाँले घटाएर ९० रुपैयाँ कायम गरिएको छ ।
तर खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको आयल निगमका प्रवक्ता बिरेन्द्र गोइतले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement