चैत भरी सबै शैक्षिक संस्था बन्द

Advertisement

काठमाठडौं । सरकारले चैत महिनाभरी सबै खाले शैक्षिक संस्थाहरुको पठन पाठन बन्द गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै उच्चस्तरिय समन्वय समितिले पठन पाठनका काम रोक्ने निर्णय गरेको हो ।

बुधबार बसेको समितिको बैठकले चैत मसान्तसम्म बाल विकास केन्द्र, आधारभूत विद्यालय तथा माध्यमिक र सबै विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । तर एसइई परिक्षा भने जारी रहनेछ । सबै विद्यालयमा हेल्थ डेस्कको व्यवस्था गरेर परिक्षा सञ्चालन गर्ने निर्णयमा सरकार पुगेको हो ।

Advertisement

Advertisement

Advertisement