'कोरोनाको संकटभर निःशुल्क इन्टरेट देऊ सरकार'

Advertisement

काठमाडौं । कोरोना संकट अवधिभरि नेपाल सरकारले नेपाल टेलिकम र एनसेल मार्फत डाटा निशुल्क गरेर आम नेपाली नागरिकलाई निर्बाध इन्टरनेट सेवा उपलब्ध गराउनुपर्दछ।

यसले गर्दा घर बसेर पढ्नेले पढ्न पाउँछन्, सामाग्री डाउनलोड गर्न पाउँछन् र केही समस्या भएमा सहकार्यकै लागि पनि सञ्चार निशुल्क प्रयोग गर्न पाउनुपर्छ।

अझ विदेशमा रहेका नेपाली नेपाल आउन नपाएकोहरूले लाइभ कुरा गर्न भए पनि अवसर पाउँदा परिवार र विदेशिएका व्यक्ति हतोत्साहित पनि हुन पाउनेछैनन्।

विभिन्न युनिभर्सिटी, प्रकाशक र जर्नलका बेभसाइटले सामाग्री डाउनलोड निशुल्क गर्न अवशर दिएको नेपाली नागरिकलाई लाभ लिनबाट सरकारले आर्थिक अभावका कारण वञ्चित नगरोस्।।

किताबमा कर लगाएर आलोचना भएको बेला अध्ययन गर्न चाहनेहरूले कम्तीमा इ कपी डाउनलोड निर्बाध गर्ने अवसर दिनुपर्छ सरकारले।

संकटको बेला पनि नाफा कमाउन मात्र अत्यावश्यक सञ्चार सेवाको उपयोग गर्ने होइन राज्यले।

यो माग धेरै भन्दा धेरै शेयर गरी सरकारका पदाधिकारी समक्ष अवगत गराउन सबैमा आह्वान गर्दछु।

अमृत खरेल
अधिवक्ता, सर्वोच्च अदालत
कानून अनुसन्धानकर्ता, कानून अध्यापक

Advertisement

Advertisement

Advertisement