छात्रवृत्तिमा पढेका सबै डाक्टरलाई कोरोनाको उपचारमा खटाउने निर्णय

,   ९ चैत्र २०७६, आईतवार, ०३:३९ pm   

काठमाडौं । नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका सबै डाक्टरहरुलाई कोरोनाको रोकथामका लागि खटाउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरिय निर्णय गर्दै नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका एमबीबीएस डाक्टर तथा एमडी एव) एमएस उपाधी प्राप्त बिशेषज्ञहरुलाई कोरोनाको रोकथामका लागि खटाउने निर्णय गरेका हुन् । त्यस बाहेक छात्रवृद्धिमा अध्ययनरत एमबीबीएस तथा एमडी।एमएसका विद्यार्थीहरुलाई समेत कोरोना रोकथाममा खटाइनेछ ।

स्वास्थ्य मन्त्री ढकालले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई पत्रचार गर्दै नेपाल सरकारको छात्रवृद्धिमा अध्ययन गरेका डाक्टरहरुको सूचि तयार परेर कोरोना रोकथामको काममा खटाउन भनेका हुन् ।

aecc