अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले आर्थिक कार्यक्रम ल्याओस्ः चेम्बर

Advertisement

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को बिश्वब्यापी संक्रमणले नेपालको समग्र अर्थ व्यवस्थामा आइपरेको असरका बिषयमा अध्ययन गरिरहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

नेपालमा पर्न सक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त आर्थिक कार्यक्रम ल्याउन नेपाल चेम्बर अफ कमर्सद्धारा सूझावहरु नेपाल सरकार समक्ष पेश गरेको छ ।

उद्यमी व्यवसायीले दाखिला गर्न पर्ने आयकर तथा मूल्य अभिवृद्धि कर हालको यस बिषम परिस्थितिलाई मनन् गरी हाललाई समस्याको समायवधि हेरी अल्पकालीन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्नु पर्ने, सीमावर्ति भन्सारमा आएका तथा आउने माल वस्तुको डेमरेज, डिटेन्सन् चार्जमा पूर्णतः छुट हुनु पर्ने माग गरेको छ ।

भुक्तानी भएको कारोबारमा मात्र मूल्य अभिवृद्धि कर लिने व्यवस्था हुनु पर्ने, बैंकहरुले ऋणको भूतmानीको अवधि रि सेडुयुलिङ्ग गर्ने व्यवस्था मिलाउनु पर्ने, वैंक तथा वित्तीय संस्थावाट लिइएको कर्जाको व्याजदरमा कम्तिमा ५ प्रतिशत सरकारी अनुदान, २ प्रतिशत वैंकबाट सहुलियतको व्यवस्था हुनु पर्ने चेम्बरले जनाएको छ ।

साथै, कोरोना प्रभावित पर्यटन तथा होटेल व्यवसायको लागि विशेष सुविधा सहितको प्याकेज ल्याउन समेत चेम्बरले विशेष आग्रह एवम् अनुरोध गरेको छ ।

Advertisement

Advertisement