समयअघि नै सडक निर्माण सकियो तर भुक्तानी भएन
फाइल तस्बिर ।

Advertisement

हुम्ला । निर्धारित मितिभन्दा अगाडि नै सडक निर्माण भएर गाडी गुडे पनि भुक्तानी नभएको पाइएको छ । सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लागत साझेदारीमा निर्माण गरिएको सडकका लागि पठाउनुपर्ने बजेट हालसम्म नपठाउँदा सडक निर्माण भएर सञ्चालनमा आए पनि भुक्तानी हुन नसकेको हो । 

सिमकोट गाउँपालिका– ३, ४, ५ र ६ नम्बर वडामा पर्ने रलिङ तीर्थ सडक निर्धारित मितिभन्दा अगाडी नै निर्माण कार्य पूरा भएको भए पनि भुक्तानी हुन नसकेको सिमकोट गाउँपालिका लेखा अधिकृत विशाल बोहराले बताए । 

Advertisement

छ किलो मिटर लम्बाई रहेको यो सडक निर्माणका लागि तीन वर्षमा सम्पन्न गर्ने गरी पाँच करोड लागत लाग्ने गरी मन्त्रालय र गाउँपालिकाबिच लागत साझेदारीमा निर्माण गर्ने सहमति भएको थियो । कुल लागतमा मन्त्रालयले साँढे तीन करोड र गाउँपालिकाले एक करोड पचास लागत लागत साझेदारी गर्नुपर्ने सहमति थियो ।

तीन वर्षमा यो योजना सम्पन्न गर्ने सहमति रहेअनुसार यस पटक गरी तेस्रो पटक गाउँपालिकाले बोल पत्र आव्हान गरेको हो । यसअघि दुई पटक बोल पत्र आव्हान गरेर तोर्पाबाट लिमाटाङसम्म सडक निर्माण भई सकेको थियो । जसमा पछिल्लो बोल पत्र अनुसार लिमाटाङदेखि तोग्रासम्म उक्त सडक त्रिशक्ति दावा निर्माण जेभीले एक करोड ६३ लाख ६७ हजार ७१५ रुपियाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । 

मन्त्रालयबाट यस वर्ष आएको बजेट र गाउँपालिका गरी ७३ लाख १८ हजार ८६८ रुपियाँ काम सम्पन्न भएपछि निर्माण कम्पनीलाई भुक्तानी दिइएको छ । निर्माण कार्य सम्पन्न भएको आवश्यक कागजात कार्यालयमा आवश्यक कागजात पेस गरिएको भए पनि मन्त्रालयबाट बजेट नआएको कारण भुक्तानी गर्न नसकिएको उहाँले बताउनुभयो । सो सडकको काम गत फागुन महिना मै सम्पन्न भएको थियो ।

जब कि जेठ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबिच सम्झौता भएको थियो । अब मन्त्रालय गाउँपालिका गरी ९० लाख ४८ हजार ८४७ रुपियाँ निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको छ । काम सम्पन्न भएको तर बजेट अभावको कारण भुक्तानी दिन नसकिएका विवरण मन्त्रालयलाई पठाई सकिएको भए पनि हालसम्म बजेटको व्यवस्था नभएको कारण कार्यालय समस्यामा परेको उनले बताए । 

नियमतः निर्धारित मिति भन्दा अगाडी काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई पुरस्कृत गर्नु पर्ने हुन्छ । तर उनले पुरस्कृत के सम्पन्न कामको भुक्तानी चाँडै गर्न सकिएको भए हुने बताए । -गोप

Advertisement

Advertisement