कोरोना बिरुद्ध सचेत र सतर्क भई प्रतिरोध गर्न काठमाडौँका मेयरको अपिल, फोनमा सम्पर्क गर्न आग्रह

Advertisement

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले आज एक अपिल जारी गर्दै महामारीको आशंका लागे सहयोगका लागि आफू, उपप्रमुख, वडाध्यक्ष वा कार्यपालिका सदस्यलाई सम्पर्क गर्न टेलिफोन नं. उपलब्ध गराएका छन् ।

महामारी रोकथाम र निर्मूल गर्न नेपाल सरकारले २०७६ चैत ११ गते विहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्मका लागि लागु हुने गरी दिएको निर्देशनलाई स्वागत गर्दै प्रमुख शाक्यले अपिलमार्फत नगरवासीलाई सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसेर महामारी विरुद्धको अभियानमा सहयो गर्न आग्रह गरेका हुन् ।

कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको छ । काठमाडौँ महानगरको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ ।

कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ । अपिलमा महामारी नियन्त्राका लागि महानगरका प्रयास उल्लेख गर्दै मेयर शाक्यले अपिलमार्फत सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

प्रमुख/उपप्रमुख:
विद्यासुन्दर शाक्य – ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ – ९८५१२७९८९९

वडा अध्यक्षहरू:
१) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१                   २) राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२
३) दिपक के.सी. – ९८५१२७९९०३                   ४) मोहन बिष्ट – ९८५१२७९९०४
५) रमेश डंगोल – ९८५१२७९९०५                     ६) दिपेन्द्र लामा – ९८५१२७९९०६
७) शुद्ध डंगोल – ९८५१२७९९०७                      ८) दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९) रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९         १०) रामकुमार के.सी. – ९८५१२७९९१०
११) हिरालाल तण्डुकार – ९८५१२७९९११          १२) विकास डंगोल – ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३        १४) शोभा सापकोटा – ९८५१२७९९१४
१५) इश्वरमान डंगोल – ९८५१२७९९१५               १६) मुकुन्द रिजाल – ९८५१२७९९१६
१७) नवीन मानन्धर – ९८५१२७९९१७                  १८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९                    २०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१     २२) चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३) मचाराजा महर्जन – ९८५१२७९९२३               २४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५) नीलकाजी शाक्य – ९८५१२७९९२५               २६) ख्यामराज तिवारी – ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य – ९८५१२७९९२७         २८) भाइराम खड्गी – ९८५१२७९९२८
२९) कुश ढकाल – ९८५१२७९९२९                       ३०) दलबहादुर कार्की – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१       ३२) नवराज पराजुली – ९८५१२७९९३२

कार्यपालिका सदस्यहरू:
लक्ष्मी श्रेष्ठ – ९८५१२७९९५१,                                  मिताकमल स्थापित – ९८५१२७९९५२
रश्मी खड्का – ९८५१२७९९५३,                             कान्ता अधिकारी गौतम – ९८५१२७९९५४
हिरादेवी पोखरेल – ९८५१२७९९५५,                        पासाङ नूर्वु लामा – ९८५१२७९९५६
दिपक गोर्खाली राई – ९८५१२७९९५७,                     प्रेम पोडे पुजारी – ९८५१२७९९५८

Advertisement

Advertisement

Advertisement