राष्ट्र बैंकले भन्यो-'सकेसम्म बैंकका शाखा बन्द नगर्नु'

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई लक डाउन अवधीमा सेवा प्रवाह सम्बन्धी गाइडलाइन जारी गरेको छ ।

राष्ट्र बैंकको नियमन विभाग प्रमुख देव कुमार ढकालले बुधबार निर्देशन जारी गर्दै बैंकहरुलाई सकेसम्म शाखा कार्यालय बन्द नगर्न भनेका हुन् ।

राष्ट्र बैंकको निर्देशन नम्बर ३ मा लेखिएको छ–‘सबै प्रदेशका स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा न्युनतम रुपमा शाखा खोली न्युनतम कर्मचारीबाट बैंकिङ कारोबार गर्ने व्यवस्था मिलाउने ।’

राष्ट्र बैंकले अत्यावश्यक वस्तुहरुको आपूर्तिका लागि ड्राफ्ट, टीटी, प्रतितपत्र र ग्यारेन्टी जस्ता कारोबार भने नियमित राख्न पनि बैंकहरुलाई निर्देशन दिएको छ । त्यस्तै, स्थानीय प्रशासनसँगको समन्वय गरि काउन्टर सञ्चालन गर्न माइक्रोफाइनान्स कम्पनीहरुलाई पनि निर्देशन दिईएको छ ।

त्यस बाहेक सबै एटिएमहरुमा पर्याप्त मात्रामा नगद राख्न, प्रत्येक शाखाका मुल ढोकामा बैंकिङ सेवा दिने कार्यालयको सम्पर्क व्यक्तिको सम्पर्क नाम्बर टाँस्न पनि भनेको छ ।

Advertisement

Advertisement

Advertisement