मेगा बैंकले लक डाउनमा १८ शाखाबाट सेवा दिने(सूचिसहित)

Advertisement

काठमाडौं । मेगा बैंकले लक डाउन अवधीमा १८ वटा शाखाबाट बैंकिङ सेवा प्रवाह गर्ने भएको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले देशभरका १८ शाखाबाट सिमित बैंकिङ सेवा प्रवाह गर्ने बताएकी छिन् ।

बैंकले १८ वटै शाखाको नाम, ब्राञ्च मेनेजरको नाम तथा सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ । बैंकले एलसी तथा अन्य अत्यावश्यक बैंकिङ सेवा प्राप्त गर्नुपरेमा रञ्जित जोशीलाई सम्पर्क गर्नु भन्दै नम्बर उपलब्ध गराएको छ ।

सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न एक साताका लागि देश लक डाउन गरेको छ । लक डाउन अवधीमा अत्यावश्यक प्रयोजनका लागि सिमित वित्तिय सेवा उपलब्ध गराउन अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले नै निर्देशन दिएका थिए ।

सोही अनुसार नेपाल बैंकर्स संघले आन्तरिक सर्कुलर जारी गर्दै सिमित शाखाहरुबाट सिमित बैंकिङ सेवा उपलब्ध गराउन भनेको थियो । संघले मोबाइल बैंकिङलाई प्रोत्साहन गर्ने र सबै एटिएम काउन्टरहरु सञ्चालन गर्ने नीति अघि सारेको छ ।

Advertisement

Advertisement

Advertisement